Logo

राजनीति

पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते


GDP नेपाल
   १५ माघ २०७९, आइतबार


पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् ।

ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिनुभयो ।

“डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते हुनुभएको छ”, उहाँले भन्नुभयो, “अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।” घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : १५ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह