Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा नयाँ रकर्ड, तोलाकै १ लाख ७ हजार ५०० रुपैयाँ पुग्यो


GDP नेपाल
   १९ माघ २०७९, बिहिबार


नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ कायम भएको छ । यसअघि माघ १२ गते सुनको मूल्य १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह