Logo

राजनीति

सांसद अरुणकुमार चौधरी पक्राउ


GDP नेपाल
   १९ माघ २०७९, बिहिबार


नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

कैलाली– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी ट्याक्टरमा आगो लगाएको मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला अदालत कैलालीले उनलाई दोषी ठहर गर्दै ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।

चौधरीले कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी गरेका थिए । ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह