Logo

राजनीति

सरकारबाट बाहिरियो रास्वपा, मन्त्रीहरुले आजै राजीनामा दिने


GDP नेपाल
   २२ माघ २०७९, आइतबार


राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय नदिएपछि रास्वपाले सरकार छोड्ने निर्णय गरेको हो । यस्तै, रास्वपाले सरकारलाई दिएको समर्थन भने हाललाई कायम राख्ने भएको छ ।

बैठकले भाडबन्डामा परेको अन्य मन्त्रालयका मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ । रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए । उनीहरूले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिने बताइएको छ ।

प्रकाशित : २२ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह