Logo

कर्पोरेट-बजार

“सोरसिङ् एट मेजीक” मेलामा भाग लिन तयारी पोशाक उद्यमीहरु अमेरिका प्रस्थान


GDP नेपाल
   २९ माघ २०७९, आइतबार


नेपाल तयारी पोशाक उद्योग संघको प्रतिनिधि मण्डल अमेरिका प्रस्थान गरेको छ ।

फेब्रुवरी १३ देखि १५ सम्म आयोजना हुन लागेको “सोरसिङ् एट मेजीक” मेलामा सहभागिता जनाउन संघका अध्यक्ष पशुपति देव पाण्डेको नेतृत्वमा सात सदस्यीय प्रतिनिधि मन्डल अमरिकाको लास भेगास प्रस्थान गरेको हो ।

मेलामा प्योर क्लोथिङ्गका तर्फबाट पशुपति देव पाण्डे, हिमालयन कटन एण्ड फेशन इन्टरनेशनल प्रालिबाट बसन्त राज अधिकारी, युनाइटेड फेशन एण्ड निटिङ्ग प्रालिबाट थोमनाथ बस्याल र यज्ञ प्रसाद पोखरेल, प्रधानाङ्ग एपेरेल्स इण्डस्ट्रिजबाट शचिन्द्र प्रधानाङ्ग, जम्फा निटिङ्ग इण्डस्ट्रिज प्रालिबाट सुरेश मान श्रेष्ठ, शिवशक्ति गार्मेन्टबाट शिवप्रसाद भट्ट र ट्राइकोट इण्डस्ट्रिज प्रालिका तर्फबाट विकाश पारिख सहभागि हुनेछन् ।

सो मेलामा नेपाली उद्योगीहरुले आ-आफ्ना उद्योगहरूबाट उत्पादित नेपाली तयारी पोशाकहरूको प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । विश्व फेशन बजारमा महत्वपुर्ण मानिएको सो मेलामा संघको सहभागिताबाट नेपाली तयारी पोशाक उद्योगको बजार प्रवर्द्धन गर्न सहयोग पुग्नाका साथै नेपाली बजारको पहिचान समेत हुने अपेक्षा गरिएको संघका अध्यक्ष पशुपति देव पाण्डेले बताएका छन् । 

प्रकाशित : २९ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह