Logo

राजनीति

ग्यास सिलिण्डर पड्किएर घाइते सांसद भण्डारीको आमाको निधन


GDP नेपाल
   ४ फाल्गुन २०७९, बिहिबार


ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उहाँको निधन भएको हो । हिजो राति ग्यास पड्किएर नेता डा भण्डारीसहित उहाँकी आमा घाइते हुनुभएको थियो ।

आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो । यस्तै नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । घाइते भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्बई लैजाने तयारी भइरहेकाे छ ।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह