Logo

कर्पोरेट-बजार

प्रमोद खरेलविरुद्ध के लेखेका थिए सुवास रेग्मीले जसका कारण प्रहरी हिरासत पुगे !


GDP Nepal
   ८ फाल्गुन २०७९, सोमबार


काठमाडौं । विन्दवासिनी म्युजिक प्रालिका कार्यकारी निर्देशक सुवास रेग्मी सोमबार बिहान पक्राउ परे । थाइल्यान्डबाट फर्कंदै गर्दा उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गर्‍यो ।

रेग्मीलाई साइबर क्राइमको आरोपमा पक्राउ गरिएको थियो । उनीविरुद्ध लोकप्रिय गायक प्रमोद खरेलले उजुरी दिएका थिए ।

खरेलविरुद्ध रेग्मीले श्रृंखलाबद्ध गालीगलौजपूर्ण पोष्टहरु गरेको उनको फेसबुक टाइमलाइनमा अहिले पनि देख्न सकिन्छ ।

अघिल्लो महिना खरेलको कन्सर्ट हेर्न गएकाहरुबीच झडप हुँदा धनकुटामा एक दर्जनभन्दा बढी घाइते भएका थिए । उनीहरुको उपचारमा आफ्नै पारिश्रमिकबाट सहयोग गर्ने खरेलको घोषणालाई धेरैले स्वागत र सम्मान गरे पनि रेग्मीले भने खरेलप्रति नै विषबमन गर्दै आएको उनको पोष्टहरुमा देख्न सकिन्छ ।

गायक खरेललाई रेग्मीले लट्टे कर्कसे, पनौती, निकृष्ट सेलिब्रेटी, चर्चाको भोको बुंगोदेखि बौलाहा कुकुरसम्म भनेका छन् ।

विन्दवासिनी म्युजिकका रेग्मी र गायक खरेलबीचको विवाद भने यसअघि ‘प्रणय’ एल्बमको ‘पोखरामा’ बोलको गीतबाटै सुरु भएको हो । जसकोआर्थिक स्वामित्वको विवाद थियो ।

रेग्मीले खरेलविरुद्ध गीतकार, संगीतकार तथा लगानीकर्ताको अनुमतिबिना एल्बममा समावेश गीत अनधिकृतरूपमा स्टेजहरूमा गीत तथा संगीत प्रयोग गरेको आरोप लगाउँदै एक करोड रूपैयाँ क्षतिपूर्तिको दाबीसहित प्रतिलिपि अधिकारको कार्यालयमा उजुरी दिएका थिए ।

हेर्नुस्, रेग्मीका गायक खरेलप्रति घृणा फैलाउने केही पोष्टका स्क्रिनसटहरुः

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह