जगदम्बा स्टील्स लिमिटेडले साधारण सभा डाकेको छ । सभा चैत १ गते कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।
सभामा प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गरिने छ । यस्तै, सभामा बोनस सेयर र अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
कम्पनीले सभामार्फत बैंक ऋण अनुमोदन तथा स्वीकृत गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, संस्थापक सेयरधनी समूहबाट सञ्चालकहरुको निर्वाचन गर्नेलगायत एजेन्डा पनि पेश गर्नेछ ।
प्रतिक्रिया