Logo

राजनीति

जी–२० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान


GDP नेपाल
   ११ फाल्गुन २०७९, बिहिबार


उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन आज अपराह्न भारत प्रस्थान गर्नुभएको छ । सम्मेलन यही फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुने कार्यक्रम छ ।

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्नुहुने जनाइएको छ । उहाँसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि सहभागी हुनुुहुन्छ ।

जी–२० को सदस्य नेपाल नरहे पनि भारतले अध्यक्षता लिएका बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायत राष्ट्र छन् । उपप्रधानमन्त्री पौडेल यही फागुन १३ गते स्वदेश फर्कंनुहुने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह