Logo

बैंक / बिमा /शेयर

नेप्से १२ अंकले बढ्यो, एक अर्ब ४४ करोडको कारोबार


GDP नेपाल
   १४ चैत्र २०७९, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १२.४१ अंकले बढेर एक हजार ९१८.४१ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, होटल तथा पर्यटन १३, जलविद्युत् ६, जीवन बीमा ३९, उत्पादन ८१, माइक्रोफाइनान्स ११५, ब्यापार २२ र अन्य उपसमूह ७ अंकले बढेको छ । यस्तै, विकास बैंक ११, फाइनान्स ५ र निर्जीवन बीमा उपसमूह १० अंकले घटेको छ ।

आज सुपर माई हाइड्रोपावर, सिर्जनशील लघुवित्त र एशियन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज तेह्रथूम पावर कम्पनीको सेयर तीन प्रतिशत भन्दा धेरैले घटेको छ ।

यसदिन २५८ कम्पनीका ४० लाख ७७ हजार कित्ता सेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह