Logo

घुमफिर

पूर्णिमाले चुमिन् दोस्रोपटक सगरमाथा शिखर


gdpnepal
   ३० बैशाख २०८१, आइतबार


काठमाडौं । फोटो पत्रकारसमेत रहेकी आरोही पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी पूर्णिमाले आइतबार बिहान सगरमाथाको आरोहण पूरा गरेकी हुन् ।

८८४८.४६ मिटर उचाइको सर्वोच्च शिखरमा उनको यो दोस्रो सफल आरोहण हो । यसअघि सन् २०१९ मे महिनामा उनले सगरमाथा आरोहण गरेकी थिइन् ।

गत वर्ष दोस्रो अग्लो माउन्ट केटू आरोहण गरेकी पूर्णिमाले मनास्लु, अन्नपूर्ण, धौलागिरी, आमादब्लम लगायतका शिखर आरोहण गरिसकेकी छन् ।

प्रकाशित : ३० बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह