Logo

बिजनेस होम

यसरी बन्दैछन् नेपालमै हुन्डाईका गाडी (फोटो फिचर)


gdpnepal
   ३ जेष्ठ २०८१, बिहिबार


रामग्राम (नवलपरासी) । लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाईका गाडीको उत्पादन नेपालमै सुरु गरेको छ ।

गतसाता प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गरेको हुन्डाई प्लान्टमा हाल भेन्यू मोडलका गाडी एसेम्बल भइरहेका छन् भने चाँडै नै ग्रयान्ड आइटेन र क्रेटा पनि एसेम्बल हुनेछन् ।

लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी) हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. को माउ कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो ।

कम्पनीले वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित हुण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सन्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा ६५ भन्दा बढी सन्चारकर्मीहरुले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा संचारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरु द्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो जसबाट हुन्डाई मोटर सम्बन्धि थप जानकारी प्राप्त गरिएको थियो । संचारकर्मीहरुले कार्यक्रम बिशेष तथा अत्यन्तै महत्व साथका लिएका थिए ।

अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उद्घाटन समारोह आयोजना भएको थियो ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह