Logo

विकास / पूर्वाधार

त्रिशूली थ्री बी हब २२० र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन


GDP नेपाल
   ४ जेष्ठ २०८१, शुक्रबार


रसुवामा उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।

२२० केभी प्रसारण प्रणालीले त्रिशूली र सहायक नदीका आयोजनाले उत्पादन गर्ने बिजुलीलाई राष्ट्रिय प्रणालीमा जोड्छ। २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरमध्ये ७० वटाको जग हालिएको छ भने पाँच टावरको आंशिक जग हालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले ६० वटा टावर खडा गरिएको र १० वटाको काम धमाधम भइरहेको जनाएको छ। प्रसारण लाइन निर्माण एक महीनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीव्रताका साथ काम भइरहेको प्राधिकरणको दाबी छ।

त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न यो प्रसारण लाइन महत्त्वपूर्ण छ। प्रसारण लाइन तथा सबस्टेशनबाट करीब एक हजार २०० मेगावाट विद्युत् प्रवाह हुन सक्छ।

६० मेगावाटको माथिल्लो त्रिशूली(३ ‘ए’, २१६ मेगावाटको माथिल्लो त्रिशूली(१, १११ मेगावाटको रसुवागढी, ४२।५ मेगावाटको सान्जेन, तादी खोलाका विभिन्न आयोजनाको ४२ मेगावाट, ३७ मेगावाटको माथिल्लो त्रिशूली(३ ‘बी’, १४।८ मेगावाटको माथिल्लो सान्जेन, १४।३ मेगावाटको माथिल्लो मैलुङ लगायत जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् यही प्रसारण लाइन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ।

प्रसारण लाइन अन्तर्गत दुईमध्ये एक सबस्टेशनको शुक्रबार उद्घाटन गरिएको छ। चिलिमे(त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजना अन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली(३ ‘बी’ हब २२०र१३२र३३ केभी सबस्टेशन उद्घाटन गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, यूरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेर, यूरोपेली युनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मन राजदूत थोमस प्रिन्ज र यूरोपेली लगानी ब्यांक ९ईआईबी०की निर्देशक थौउराया ट्रिकीले संयुक्त रूपमा त्रिशूली(३ ‘बी’ हब सबस्टेशन उद्घाटन गरेका हुन्।

त्रिशूली(३ ‘बी’ हब सबस्टेशनको लागत एक अर्ब ९७ करोड रुपैयाँ छ। त्रिशूली(काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली(३ ‘बी’ हब सबस्टेशन मातातीर्थ सबस्टेशनसँग जोडिएको छ।

चिलिमे(त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेतस्थित चिलिमे हब २२० केभी सबस्टेशन निर्माणको अन्तिम चरणमा छ। अनुमानित लागत ६ अर्ब १९ करोड रुपैयाँ रहेको चिलिमे(त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास ब्यांक तथा यूरोपियन युनियनको अनुदान सहयोग छ। यूरोपियन युनियनले स्थापना गरेको ईआईबीले आयोजनामा सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ।

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रूप अफ कम्पनीजसँग २०७४ कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको साढे ६ वर्षपछि निर्माण सकिएको हो।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्धज्ञछटद्द

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह