Logo

बैंक / बिमा /शेयर

९ लाख कित्ता संस्थापक सेयर बिक्रि गर्दै प्राइम कमर्सियल बैंक


GDP नेपाल
   १५ चैत्र २०७९, बुधबार


प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रिमा आउने भएको छ ।

बैंकले चैत २१ गतेदेखि ९ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १३० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । आवेदकले सानिमा क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिन्छ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह