Logo

बैंक / बिमा /शेयर

एभरेष्ट बैंकको ‘इबीएल टच–२४’ मार्फत् भुक्तानी गर्न मिल्ने


GDP नेपाल
   ४ बैशाख २०८०, सोमबार


एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप ‘इबीएल टच–२४’ मार्फत् स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

यो सेवा सुरुवात भए संगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन्।

ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकम सिधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुबिधा भएको यस स्मार्ट क्युआरको सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुबिधा पुग्ने बिश्वास बैंकको छ ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह