काठमाडौं । बेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सयेर खरिद गर्न इच्छुक अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र बेष्टको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिन सक्नेछन् । यो सेयरको भाउ भने तोकिएको छैन ।
तोकिएको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया