Logo

बैंक / बिमा /शेयर

इलेक्ट्रो पावर कम्पनीले आइपीओ निष्कासन गर्ने


GDP नेपाल
   १० माघ २०८१, बिहिबार


काठमाडौँ । इलेक्ट्रो पावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन १ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा सेयरको सार्वजनिक निष्कासन (आइपीओ) गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गरिनेछ।

प्रकाशित : १० माघ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह