काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनको लागि निक्षेप बोलकबोल गर्ने भएको हो ।
आज दिउँसो २ बजे बोलकबोल हुने बैंकले जनाएको छ । निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरमा हुनेछ भने बहुब्याजदर प्रणाली पनि अपनाउन सकिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बताएको छ । यसको साँवा तथा ब्याज भुक्तानी माघ ३० गते हुनेछ ।
प्रतिक्रिया