Logo

मुख्य समाचार

स्वदेशी उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद्: मन्त्री भण्डारी


GDP नेपाल
   १० माघ २०८१, बिहिबार


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा चिनिनु भन्दा पहिला स्वदेशमा चिनिनु आवश्यक रहेको बताएका छन् ।

बिहीबार स्वदेशी उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनीमा बोल्दै मन्त्री भण्डारीले हाम्रो उत्पादन नेपाली बजारले नै चिन्न नसकेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो उत्पादन, हाम्रो ब्राण्ड, हाम्रो गुणस्तर, हाम्रो पहिचान, थुप्रै व्यवसायहरु विश्व बजारमा चिनिनुपर्छ । हाम्रो उत्पादन कस्तो छ रु यो पहिलो कुरा त हाम्रो यति राम्रो उत्पादन, हाम्रो राम्रो ब्राण्ड र हामीसँग भएको यस्तो राम्रो सीप स्वदेशमा नै चिनिनुपर्छ । हामीले विश्व बजारमा हाम्रो उत्पादन चिनाउनु भन्दा पहिले स्वदेशमा चिनिनुपर्ने आवश्यक छ । हामीले उत्पादन गरेको वस्तु हामीहरुले नेपाली बजारले नै नचिन्ने एउटा दुखद कुरा हो ।’

यसैगरी उनले हामीले निर्यात गरेका सबै वस्तुहरुमा राम्रो प्रतिफल ल्याउन नसकेको बताए । उनले लामो समयदेखि धरमराई रहेको नेपालको उद्योग उठाउनुपर्ने जरुरी रहेको बताए ।

उनले भने, ‘जबसम्म वस्तुको भ्यालु, यसको ब्राण्ड, हाम्रो सम्भावनहरु कहाँ कहाँसम्म छ त्यो बुझ्नुपर्छ । हामीले अहिलेसम्म जे दिन सकेका छौँ विश्व बजारमा कतिपय राम्रो निर्यात पनि गरेका छौँ । केही निर्यात गरेका सबै वस्तुहरुमा सोचेजस्तो राम्रो प्रतिफल ल्याउन सकेनौँ । तर अब लामो समयदेखि धरमराई रहेको नेपालको उद्योग उठाउनुपर्ने छ ।’

सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादित वस्तुहरुमा नेपालको सम्भावना धेरै नै रहेको बताए । उनले धेरै उत्पादित वस्तुहरु उत्पादन गर्न सक्ने क्षमतामा नेपाल पनि भएको बताए ।

उनले भने, ‘नेपाल धेरै उत्पादित वस्तु उत्पादन गर्नसक्छ । उत्पादित वस्तुहरु उत्पादन गर्न सक्ने क्षमतामा हाम्रो देशमा पनि छ । यहाँको आफ्नै उत्पादनलाई प्रमोट गर्न आवश्यक छ ।’

प्रकाशित : १० माघ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह