काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ११.१० अंकले घटेर दुई हजार ६५४.३५ विन्दुमा पुगेको छ ।
बैंकिङ ८, फाइनान्स ६३, होटल तथा पर्यटन ५३, हाइड्रोपावर २०, जीवन बीमा २, माइक्रोफाइनान्स ०.५८, निर्जीवन बीमा ९४, अन्य ७ र ब्यापार उपसमूह १० अंकले घटेको छ । त्यस्तै, आज विकास बैंक ४५ र उत्पादन उपसमूह ०.३५ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सामूदायीक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेश हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१८ कम्पनीको एक करोड ५१ लाख कित्ता सेयर ७ अर्ब ८५ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया