Logo

कर्पोरेट-बजार

प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित


GDP नेपाल
   ८ माघ २०८१, मंगलबार


काठमाडौं । प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित भएका छन् । नेपाली प्लास्टिक उत्पादक र सम्बन्धित उद्योगहरूको संस्था प्लास्ट नेपाल फाउन्डेसन (पिएनएफ) को १०औं वार्षिक साधारण सभाले विशाल प्लास्टोकेब इन्डष्ट्रिजका तातेडलाई अध्यक्षमा निर्वाचित गरेको हो ।


आइतबार काठमाडौंमा आयोजित साधारण सभाले एमएम प्लास्टिकका सुयश प्याकुरेललाई वरिष्ठ उपाध्यक्ष र इन्टरटेक पाइप एन्ड फिटिंग्सका विनीत कुमार अग्रवाल र अनुराग इम्पोर्ट एक्सपोर्ट हाउसका वेंकटेश मुण्दडालाई उपाध्यक्षमा चयन गरेको छ ।


यस्तै, पञ्चकन्या समूहका आशिक श्रेष्ठ, सिद्धार्थ सनराइज इन्डस्ट्रिजका संजय अग्रवाल, पिया प्लास्टिक इन्डस्ट्रिजका अरुण कुमार पिया, टीएसएन प्लास्टकेयर इन्डस्ट्रिजका भरतराज आचार्य, हिलटेक इन्डस्ट्रिजका जितेन्द्र वैद र बागमती मोल्डिङ इन्डस्ट्रिजका अमित राठी कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।


कार्यक्रममा बोल्दै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए । साथै, हालै जारी अध्यादेशको भावनाअनुरूप नियमावली र कार्यविधि छिट्टै ल्याउने सरकारको प्रतिबद्धता व्यक्त गरे ।


मन्त्री भण्डारीले प्लास्टिक क्षेत्रका उद्योगहरूको प्रवद्र्धन र विकासमा सरकारको समर्थन रहने प्रतिवद्धता पनि जाहेर गरेका छन्। पिएनएफका नवनिर्वाचित अध्यक्ष तातेडले प्लास्टिक उद्योगहरूको दिगो र अनुकूल नीतिहरू निर्माणका लागि पहल गर्ने बताए ।


“हामीले उद्योगहरूको हितका लागि लबिङ गर्नुका साथै जनचेतना र पुनः प्रयोगसम्बन्धी अभियानमा पनि काम गर्नुआवश्यक छ । यसका लागि हामी नेपाल र विदेशी प्लास्टिक क्षेत्रका सरोकारवालाहरू सँगका ेसहकार्य र साझेदारीलाई अझ सुदृढ बनाउँदै जानेछौं,” उनले भने ।


तातेडका अनुसार प्लास्टिक उद्योगहरूले कमजोर विद्युत्आपूर्ति, कच्चा पदार्थमा उच्च भन्सार महसुल र अन्तः शुल्कको समस्या भोगिरहेका छन्। भन्सार महसुलको दर कहिलेकाहीं तयारी वस्तुको बराबर नै हुने उनको भनाइ छ ।


“तयारी प्लास्टिक वस्तुहरूको आयातबाट कसैलाई लाभ हुँदैन । सरकारले राजस्व गुमाउँछ, जनताले रोजगारी गुमाउँछन्भने उद्योगहरूले आफ्ना उत्पादनकोबजार गुमाउँछन्। त्यसैले सरकारलाई स्थानीयरूपमा उत्पादित वस्तुहरूलाई सहयोग र प्रवद्र्धन गर्ने नीति ल्याउन अनुरोध गर्दछु,” तातेडले भने ।


आफ्नो कार्यकालमा प्लास्ट नेपाल फाउन्डेसनलाई देशव्यापिरुपमा विस्तारको कार्य अघि बढाउने उनको योजना छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्लास्टिकजन्य वस्तुहरूको पुनः प्रयोगको महत्वमा जोड दिए ।

प्लास्टिक उद्योगले उत्पादन, वितरण, बिक्री र रिसाइक्लिङ प्रक्रियामार्फत हजारौं व्यक्तिलाई रोजगार उपलब्ध गराएको उल्लेख गर्दै उनलेपुनः प्रयोगलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।


“केही क्षेत्रहरूमा प्लास्टिकको प्रयोग घटाउनु आवश्यक छ । गुणस्तरमा ध्यान दिनु पनि जरुरी छ । तर हाल प्लास्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गर्न विदेशी मुद्रा खर्चिनु पर्ने अवस्था छ । यदि पुनः प्रयोगलाई प्रोत्साहन गर्न सकियो भने यो विदेशी मुद्रा बचाउन सकिन्छ,” ढकालले भने ।


निवर्तमान अध्यक्ष दीपक श्रेष्ठले विकासशील देशका रूपमा नेपाललाई प्लास्टिक उद्योगलाई थप दिगो र उन्नत बनाउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए । प्लास्टिक उद्योगहरूको स्वस्थ विकासका लागि पीएनएफले विभिन्न जनचेतना कार्यक्रम र प्लास्टिक एक्स्पोहरू आयोजना गर्दै आएको उनले जानकारी दिए ।

प्रकाशित : ८ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह