Logo

विकास / पूर्वाधार

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने


GDP नेपाल
   ११ माघ २०८१, शुक्रबार


काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम) आज शुक्रबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको हो ।

ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए ।सुरुङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने तय भएको उनले बताए ।

उनका अनुसार सिदार्थराजमार्ग अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्रमा ११०० मिटर लामो सुरुङ मार्ग ब्रेक थ्रु हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डको सबैभन्दा अप्ठ्यारो मानिएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको काम भै रहेको उनले जानकारी दिए । सुरुङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।

चिनियाँ ठेकदार कम्पनीले गरिरहेको उक्त काम सम्पन्न नजिक पुगेको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो ।

सुरुङ् मार्गले गुल्मी,पाल्पा, स्याङ्जा,कास्की, पर्वत लगायतका जिल्लामा सवारीसाधन आवतजावतलाई सहज हुने र सम्भावित दुर्घटनाहरुबाट बच्न सहज हुने विश्वास लिएको छ ।

प्रधानमन्त्री ओलीबाट बुटवल–गोरुसिङ्गे सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रकाशित : ११ माघ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह