काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यसमा बैंकका अन्य संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले माघ २० गतेसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया