Logo

बैंक / बिमा /शेयर

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्स् एण्ड रिसोर्टमा विशेष छुट


GDP नेपाल
   ४ बैशाख २०८०, सोमबार


मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई ‘ल्यान्डमार्क होटेल्स् एन्ड रिसोर्ट प्रालि’को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले ल्यान्डमार्क होटेल्स् एन्ड रिसोर्टअन्तर्गतका विभिन्न स्थानहरुमा (काठमाण्डौ, पोखरा, चितवन) रहेका होटेलमा अकोमोडेसन, फुड एन्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाअन्तर्गत रु।२ करोडसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण तथा खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको ३ कार्य दिनभित्र सर्वशुलभ ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको छ। 

प्रकाशित : ४ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह