नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नेष्डोले बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत लाभांश वितरण गर्नुपर्ने भएको छ ।
नेष्डोले यसअघि ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । कम्पनीको सो निर्णय प्रति राष्ट्र बैंकले वैशाख ४ गते पत्र पठाउँदै बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।
कम्पनीले भने राष्ट्र बैंकको सो निर्णय कार्यान्वयन नगर्ने जनाएको छ ।
सो निर्णयले मिति २०७९ फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच, एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृत लाभांशको जानकारीले सेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन् हुन पुगेको कम्पनीको भनाई छ ।
प्रतिक्रिया