सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरीदमा क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
नबिल बैंकसँगको सहकार्यमा सासमसङले क्यासब्याक योजना सार्वजनिक गरेको हो । दुई पक्षबीच अप्रिल १२ मा यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा २ हजारसम्मको क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।
प्रतिक्रिया