Logo

बैंक / बिमा /शेयर

६७ प्रतिशतले बढ्यो निफ्राको खुद नाफा


GDP नेपाल
   ६ बैशाख २०८०, बुधबार


नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासीक वित्तिय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब १६ करोड १८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ६७.२८ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकले ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले बढेर २ अर्ब ४४ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब २९ करोड १३ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । त्यस्तै सञ्चालन नाफा पनि ६७.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ९७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ८८ पैसाले बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा छ । चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ९८ करोड ५८ लाख ३० हजार रुपैयाँ छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह