Logo

बैंक / बिमा /शेयर

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी


GDP नेपाल
   ७ बैशाख २०८०, बिहिबार


नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । बिहिबार एक कार्यक्रमकाबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने र विश्वविद्यालयले मानवसंशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने भएको छ ।

यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ ढुंगानाले बताए । ’पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकोले समझदारी दुबैको हितमा रहेको छ’ ढुंगानाले भने ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.यादवराज कोइराला, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सञ्जेशप्रसाद कोइरालाका साथै नबिल बैंकका नायब कार्यकारी प्रमुख भुपेन्द्र पाण्डे र चिफ होलसेल लायबिलिटी कविन्द्रप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह