काठमाडौं । गोरखापत्र संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई पदबाट हटाउन गरेको प्रयास असफल भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारको मुद्दा लगाएर फसाउन गरेको प्रपञ्च पनि अन्ततः असफल भएको छ ।
वरिष्ठ पत्रकार तथा संस्थानका तत्कालीन महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायले मंगलबार विशेष अदालत काठमाडौंबाट सफाई पाएका छन् । विशेष अदालतका न्यायाधीशद्वय अध्यक्ष श्रीकान्त पौडेल र बलराम बास्तोलाको इजलासले तत्कालीन अध्यक्ष सुशील कोइराला र महाप्रवन्धक उपाध्यायलाई सफाई दिने फैसला गरेको हो ।
सफाईपछि पत्रकार उपाध्यायले पूर्वमन्त्री बाँस्कोटालाई ‘७० करोडको डिलर’को संज्ञा दिएका छन् । आफूमाथि लगाइएको २६ लाखको आरोपबाट ३ वर्ष बिनाकारण तनावपूर्ण विताउनुपरेको उल्लेख गर्दै उनले भोक, निद्रा, बेचैनी र बित्यास घरभित्र पसेका उल्लेख गरेका छन् ।
यसबीचमा आफ्नो चिनारी र संघर्ष ओझेल पारिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा कवितात्मक शैलीमा आफूमाथिको आरोपको पृष्ठभूमि र बाँस्कोटाका हर्कतबारे यसरी प्रष्ट्याएका छन्ः
७० करोडको डिलरले लगाएको २६ लाखको होलसेल आरोप
नखाएको बिष लागेर “बूढानीलकण्ठ -नियति”मा मैले
बिताउनु पर्यो ३/३ बर्ष।
न भोक,न निद्रा । बेचैनी र बित्यास घरभित्र पस्यो।
मेरो चिनारी र संघर्ष ओझेल परे र पारियो।
धेरै दौडे म -आरोपित आकाशलाई चिर्न।
तर “मुद्दाको म्याराथुन”मा सफाइको पदक पाउन मैले धेरै
कुर्नु पर्यो।
धेरैलाई थाहा छैन यसभित्रको कथाब्यथा।
हिजो म बिचराधिन मौनतामा थिए।
आज म केही रहस्य खोल्छु।
७० करोडका महसुर डिलरले हामीलाई २६ लाखको “होलसेल”
आरोपमा मुद्दाको माखेसाङ्लो बुनेका थिए।
पत्रकारितादेखि राजनीतिसम्ममा कुण्ठित बिगत बोकेका थिए ती पात्रले ।
मलाई जसरी पनि पदबाट हटाउन उनले “गोकुलधूप”बालेर भाकल गरेका थिए कि?भन्ने मलाई लाग्छ।
ती पात्रले एकपटक मुखै खोलेर मलाई भनेका थिए:”हामी बागबजारतिर सडकमा हिड्दा तिमीहरू पहेलो प्लेटका
मोटरसाइकल चढेर हिडथ्यौ। पुतलीसडकको पुष्कर सेकुवा पसलमा खाजा खाने तिमीहरु नै हैनौ। त्यतिखेर हामी चाहिँ बङ्गालीको पसलमा आलुचप खान्थ्यौ।”
बोल्दाबोल्दै धेरै बोल्थे उनी।
झण्डाबाल कुर्सीमा बसेका यी अन्धा पात्र अनेकौं घमण्डमा
प्यारप्यार गर्थ्ये।
एकदिन उनले अति सनक देखाएपछि मैले जबाफी दनक दिएर भने:”म मेरो २८/२९ बर्षको गर्बिलो कलम र कर्मको ईतिहास
बिर्सेर तपाइँको अपेक्षालाई पूरा गर्न सक्दिन।”
उनले चर्केर भने :”त्यसो भए तयार रहनु म तिमीलाई हुण्डीमुण्डीमा पार्दिन्छु।”
त्यसपछि उनले “गोरखापत्र छानबिन कार्यदल”बनाए।
मेरो रौ हल्लेन।
अनि प्रबक्त्ता बनेर मलाई सरकारले बर्खास्त गरेको निर्णय सुनाए।
म सर्बोच्च गए न्यायकालागि। तुरुन्तै अन्तरिमाआदेश भयो।
फेरि ती पात्रले स्पष्टीकरणको नाटक मंचन गरेर मेरो पद खोस्न खोजे।
मैले उनी र उनका सरकारी “बा” विरुद्ध अदालतको मानहानी
मुद्दा हाले।
ती पात्र क्रुद्ध थिए मप्रति।
उनी मलाई कसिङ्गर ठान्दथ्ये।तर न्यायिक साथले म भने बिझाईरहे उनको आखामा ।
कुनै उपाय नभएपछि गोरखापत्रमा मोही माग्न ढुंग्रो बोकेर पठाइयो -२०/३० वर्ष कैलाशको कारिन्दा बनेका कृष्णलाई
कार्यकारी बनाइयो ।
संस्थानको ऎनमा नभएको पद -पगरी बोकेका ती प्राणीले अफिसको कोठामा समेत चुकुल ठोकेर चम्चागिरी गर्ने नवीन
“गोकुलपथ” निर्माण गरे।
यसपछि म क्रमश क्रमशः बृहस्पति बने।
राम्रो -म भए पनि भण्डारीका भकारेहरु बिगबिगी चल्यो।
यसपछि उनीहरूले मेरो स्वर सुकाउन रचे -बिशेष गीतिनाटक।
दृश्यमा जो -जो र जे -जे भए पनि नेपथ्यको तारामण्डलमा
छन् धेरै संस्थानका स्यालहरु।
लकडाउनको कठिन परिवेश थियो जतिखेर ,त्यही झेली मौकाको सदुपयोग (!) गरे उनीहरूले ।
न हिड्न पाइने। न कोही कसैलाई भेट्न सकिने। घेराबन्दी र नजरबन्दीमा परे जस्तै बने म।
थकित थिए म।तर साथ थियो धेरै मूर्धन्यहरु
अहिले न्यायिक सन्सारका बिध्दान नाम मात्र सम्झन्छु।
पहिले भाइ बिकाश भट्टराई ,बिशाल उपाध्याय र अरुण पौडेल।
यसपछि बद्रीबहादुर कार्की,शेरबहादुर केसी,डा.भीमार्जुन आचार्य,रमण श्रेष्ठ ,खम्बबहादुर खाती , सुनिल पौडेल ,स्वागत नेपाल।
मैले भोगे र देखे-मुद्दा जतिसुकै बोझिलो होस् त्यसले म जस्तो
भावात्मक मानिसलाई वस्तुबादी बनाउदो रहेछ।
लेख्नुछ धेरै कुरा ।यो त सुरुवात मात्र हो।
प्रतिक्रिया