Logo

Sub-banner

वैदेशिक रोजगार व्यवसायी संघको सय दिने प्रगति विवरण सार्वजनिक


GDP नेपाल
   १८ बैशाख २०८०, सोमबार


वैदेशिक रोजगार व्यवसायी संघले सय दिने प्रगति विवरण सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गर्दै संघको नयाँ कार्यसमितिले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको हो ।

कार्यसमितिका अध्यक्ष राजेन्द्र भण्डारीले संघले सय दिनमा जापान कामदार पठाउन सूचीकरण गर्नेदेखि लिएर पटक पटक विज्ञापन गर्नु पर्ने व्यवस्थाको अन्त्य भएको बताए ।

‘अहिले फ्रि भिसा र फ्री टिकटको व्यवस्था छ । अब त्यसमा केही सेवा शुल्क थप्ने गरि संघले काम गरिरहेको छ । अहिले फ्रि भिसा र फ्रि टिकट भएको बेला कुनै व्यवसायीले आफु खुसी पैसा उठाएकाले श्रमिकको १ महिनाको तलब बराबर सेवा शुल्क लिने कानून बनाउन लागिरहेको छु’, उनले भने, ‘अहिले केही मेनपावर व्यवसायीले आफु खुसी शुल्क लिरहेका छन् । १ महिनाको तलव बराबार शुल्क लिने व्यवस्था भएपछि श्रमिक र सरकार दुवैलाई फाइदा हुन्छ । युरोपमा पनि १ महिनाको सेवा शुल्क नै लिने गरि बैधानीक बाटोबाट रोजगारीमा पठाउने सरकारसँग पहल सुरु भएको छ ।’

NAFEA-100-Days-Report-Last

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह