Logo

घुमफिर

चौधरीको सर्वियामा लगानी प्रभावः नेपालीलाई अनअराइभल भिसा


appharu
   २३ बैशाख २०७५, आइतबार


काठमाडौं । फोर्ब्समा सूचीकृत नेपालका एकमात्र अर्बपति विनोद चौधरीको व्यावसायिक साम्राज्य संसारका धेरै मुलुकमा फैलिसकेको छ । नेपाल, भारत, बंगलादेश, माल्दिभ्स हुँदै अफ्रिका र अमेरिकासम्म व्यवसाय विस्तार गरिसकेका चौधरीले पछिल्लो समय लगानी गरेको देश हो– सर्विया ।

सर्वियामा चौधरीको लगानीलाई खुला हृदयले स्वागत भएको थियो । वाईवाई प्लान्टको उद्घाटनमै त्यहाँका प्रधानमन्त्री आएर वाईवाईको ब्रान्ड प्रबद्र्धनमात्र गरेनन्, हरेक पटक चौधरी त्यहाँ पुग्दा प्रधानमन्त्रीले छुट्टै भेट्ने गरेका पनि छन् ।

चौधरीको सर्वियामा भएको लगानीले फाइदा उनलाई मात्र हैन, अब सबै नेपालीले पनि पाउने भएका छन् । नेपालीका लागि सर्विया जान भिसा नै आवश्यक नपर्ने अर्थात नेपालीले अनअराइभल भिसा पाउनसक्ने देखिएको छ । यसका लागि नेपाल सरकारसँग सर्विया सरकारले छलफल अघि बढाउने तयारीमा छ ।
नेपाल भ्रमणमा रहेका सर्वियाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डासिसले यो जानकारी गराएका हुन् ।

चौधरीको सर्वियामा लगानीपछि दुई देशबीच लगानीका ढोका खुलेको डासिस बताउँछन् । नेपाल उद्योग परिसंघले शनिबार उपप्रधानमन्त्री डासिसको सम्मानमा काठमाडांैमा आयोजना गरेको स्वागत समारोहमा पनि उनले सोही कुरा दोहोर्याए । उनले हालको सर्विया (तत्कालिन युगोस्लाभिया)बीचको सम्बन्धलाई थप विस्तार तथा दुबै देशबीच लगानी र व्यवसाय प्रबद्र्धन गर्ने उद्देश्यले आपसी समझदारीका आधारमा भिसा निशुल्क गरिने सोच भएको विचार व्यक्त गरे ।

नेपाली उद्यमीले सर्वियामा लगानी गरेको उदाहरणले पनि दुवै देशबीच लगानीको राम्रो सम्बन्ध र अवसर छ ।
परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले सर्वियाको लगानी वातावरण र नेपाल र सर्वियाबीचको सम्बन्धमा क्रमशःविस्तार हुँदै गएको बताउँछन् ।

प्रकाशित : २३ बैशाख २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह