Logo

बिजनेस होम

होटल व्यवसायीहरु बंगलादेश प्रस्थान, बंगलादेशी पर्यटक बढाउने लक्ष्य


GDP Nepal
   ४ असार २०८०, सोमबार


काठमाडौं । बंगलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान गरेको छ ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय टोली सोमबार बंगलादेश प्रस्थान गरेको हो । होटल संघ नेपालले नेपालले पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा प्रचारप्रसार कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

जुन २१ का लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा भव्य पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम गरी विशेष रात्रिभोजको पनि आयोजना गरिएको संघले जनाएको छ ।

बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ ।

साथै उक्त अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि संघले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै उक्त अवसरमा टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्वद्ध निकायहरुसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

प्रकाशित : ४ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह