अमेरिकी चेन होटल ‘रमाडा’ नेपाल भित्रिएको छ । विश्वप्रसिद्ध अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा रमडा होटल सन्चालन गर्ने भएको हो ।
निर्माणाधिन अवस्थामा रहेको सो होटल नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेतको लगानीमा सञ्चालन गर्न लागिएको हो ।
यस सम्बन्धि आइतबार भारतको दिल्लीमा विंडहाम होटल्स एण्ड रिसोर्ट्स र इटहरीमा रहेको ग्राण्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडलबीच सम्झौता सम्पन्न भएको छ ।
२०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको यस होटलमा ८० कोठा, रेस्टुरेन्ट, एक बार र लाउन्ज, एक हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल रहने छन् । होटलमा विवाह, पार्टी, सेमिनारलगाएतका समारोहका लागि समेत हल तथा कोठाहरु बुक गर्न सकिनेछ ।
प्रतिक्रिया