Logo

बिजनेस होम

महिन्द्रा थार अब ईभीमा पनि आउने


GDP नेपाल
   १७ श्रावण २०८०, बुधबार


चर्चित अफरोड एसयूभी थारलाई इलेक्ट्रिक पावरट्रेनमा पनि ल्याइने भएको छ । महिन्द्रा एन्ड महिन्द्राले १५ अगष्टमा दक्षिण अफ्रिकामा आयोजना हुने ग्लोवल इभेन्टमा सो एसयूभीको इभी कन्सेप्ट सार्वजनिक गर्ने तयारी भएको हो ।

थार इभीलाई कम्पनीले ४ वाई ४ सेटअपमा क्वाड–मोटर–सेटअप सहित डुअल मोटर दिन सक्ने आँकलन गरिएको छ । जुन पावर र टर्कको मामलमा एकदमै शक्तिशाली हुने अनुमान गरिएको छ । साथै अफरोड राइडिङलाई लक्षित गरी ल्याउन लागिएको हुँदा यसको ग्राउन्ड क्लिरियन्स समेत उच्च रहने अनुमान गरिएको छ ।

थार ईभीलाई हालकै लेडर अर्थात वडी–अन–फ्रेम सेट–अपमा निर्माण गर्नसक्ने संभावना उच्च देखिएको छ । साथै महिन्द्राले हालै विकास गरेको नयाँ इभी डेडिकेटेड प्लेटफर्ममा समेत सो ईभी निर्माण हुनसक्ने छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह