Logo

बिजनेस होम

‘राजनीतिक दलहरुबीच आर्थिक मुद्दामा सहमति नभए देश दुर्घटनामा पर्नेछ’


GDP Nepal
   ३ भाद्र २०८०, आइतबार


काठमाडौं । नेपाल समुद्रपार निकासीपैठारी संघले राजनीतिक दलहरुबीच आर्थिक मुद्दामा साझा सहमति हुनुपर्ने बताएको छ ।

राजनीतिक मुद्दामा विमति स्वाभाविक भए पनि देश निर्माण गर्ने आर्थिक मुद्दामा दलहरुबीच न्युनतम सहमति अपरिहार्य रहेको संघका अध्यक्ष विनोद सेठियाले बताए ।

दलहरुले आर्थिक मुद्दालाई प्राथमिकतामा राख्न नसक्दा उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको तथा विद्यमान आर्थिक संकटले व्यवसायीसँगै आम सर्वसाधारणसमेत पिल्सिन थालेको अध्यक्ष सेठियाको भनाइ छ ।

विद्यमान आर्थिक संकट निवारणका निमित्त सरोकारवालाको भूमिका खोज्ने अभिप्रायले आयोजित कार्यक्रममा अध्यक्ष सेठियाले निजी क्षेत्रमा पनि स्वार्थको टकराव रहेको भन्दै अहिलेको संकटमा एउटै आवाज हुनुपर्ने धारणा राखे ।

मुलुकको आर्थिक अवस्था यस्तै रहिरहने र समाधानको ठोस पहल नहुने हो भने पुँजी पलायनको जोखिम रहने अध्यक्ष सेठियाको भनाइ छ । व्यवसायीमाथिको आक्रमण रोक्न नसके अर्थतन्त्र पनि दुर्घटनामा पर्ने उनले बताए ।

प्रकाशित : ३ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह