Logo

बैंक / बिमा /शेयर

हकप्रद सेयर निष्कासन गर्दै एनएलजी इन्स्योरेन्स, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


GDP नेपाल
   ११ भाद्र २०८०, सोमबार


एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ।

नियुक्ति सम्बन्धी सम्झौता पत्रमा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

एनएलजी इन्स्योरेन्सले हाल कायम १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्ता पुँजीमा ६६ प्रतिशत (१०ः६.६ अनुपातमा) हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीलाई नियामक नेपाल बिमा प्राधिकरणले हकप्रद निष्कासन अनुमति दिइसकेको छ ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह