काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकले १४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ३०.४६ प्रतिशतले घटेको हो। गत वर्ष बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ८.३४ प्रतिशतले बढेर ९३ करोड ११ लाख रुपैयाँ कायम भएको छ । यसको सञ्चालन नाफा भने ५०.३७ प्रतिशतले घटेर २३ करोड १३ लाख रुपैयाँमा झरेको छ । यसको वितरणयोग्य नाफा ७ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
खराब कर्जा दर ३.५५ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब ८७ करोड रुपैयाँ जम्मा रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९२ पैसाले घटेर ८ रुपैयाँ १५ पैसा (वार्षिक) मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८१ रुपैयाँ ३९ पैसा रहेको छ ।
प्रतिक्रिया