Logo

बैंक / बिमा /शेयर

आईपीओ जारी गर्दै श्रीनगर एग्रिटेक इण्डष्ट्रिज, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट


GDP नेपाल
   १३ भाद्र २०८०, बुधबार


श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० को १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओ विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको बताइएको छ । शेयर निष्कासन सम्बन्धी सम्झौतामा एग्रीटेकका प्रबन्ध निर्देशक सतिशचन्द श्रेष्ठ र निष्कासन तथा विक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

एग्रीटेकले ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला र दाना उत्पादन गर्दै आएको छ । कम्पनीले व्यापार विस्तारको क्रममा बुटवलमा वधशालाको स्थापना गर्ने योजना बनाएको बताएको छ ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह