Logo

बैंक / बिमा /शेयर

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट


GDP नेपाल
   १५ भाद्र २०८०, शुक्रबार


सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा ७ लाख ६८ हजार जना आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङका अनुसार आइपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएका थिए । जसमा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको थियो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको हो । 

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह