Logo

बिजनेस होम

मेरिगोल्ड सुपर सेलमा ग्राहकको भीड


GDP नेपाल
   १५ भाद्र २०८०, शुक्रबार


मेरिगोल्ड ज्वेलर्स दरबारमार्गले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘मेरिगोल्ड सुपर सेल २०८०’ को आयोजना गरेको छ।

मेरिगोल्डका निर्देशक साम्राज्य श्रेष्ठका अनुसार ग्राहकको अत्याधिक चापका कारण सुपर सेलको अबधिलाई थप तीन दिन बढाइएको छ । सो सुपर सेलमा मेरिगोल्डले ज्वेलर्सले विशेष गरी ज्यालामा भारी छुट सुविधा उपलब्ध गराएको छ ।

WhatsApp Image 2023-09-01 at 1.37.58 PM.jpegमेरिगोल्डका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंकी उपाध्यक्ष ज्योत्ना श्रेष्ठका अनुसार सो सेलमा सुनचाँदी, हिरा, जुहारतका साथै अमुल्य प्रिसियस र सेमी प्रिसीयसका स्टोनद्वारा निर्मित सामग्रीहरु उपलब्ध छन् । उनका अनुसार हालसम्म झण्डै ४०० जना ग्राहकले सो सेलको अवलोकन गरिसकेका छन् ।

“यो सहभागिताले हामीलाई अझ उत्साहित बनाएको छ । यहाँ विभिन्न भेराइटीका सुनचाँदी, हिरा लगाएत विभिन्न स्टोनहरुका गरगहना उपलब्ध छन् ” उनले भनिन् ।

श्रेष्ठका अनुसार अर्थतन्त्र चरम सङ्कटबाट गुज्री रहेको बेला ग्राहकलाई केही राहत सुविधा पुगोस् भन्ने अभिप्रायले ज्यालामा छुट सुविधा सहित सो सेलको आयोजना गरिएको हो । 

WhatsApp Image 2023-09-01 at 1.37.57 PM.jpegWhatsApp Image 2023-09-01 at 1.39.56 PM.jpeg

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह