Logo

बैंक / बिमा /शेयर

महिला ग्राहकका लागि नबिलले ल्यायो तीज विशेष अफर


GDP नेपाल
   १७ भाद्र २०८०, आइतबार


नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि तीज विशेष अफर ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकको “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको बैंकले जनाएको छ ।

सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहकले असोज १५ गतेसम “नबिल प्रिमियम नारी बचत खाता” खोल्न सक्नेछन् ।

हालसम्म नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह