Logo

Banner-news

कोरियाले यस वर्ष १० हजार नेपाली लैजाने, भाषा परीक्षा जेठ २६ र २७ मा


GDP Nepal
   २७ फाल्गुन २०७५, सोमबार


काठमाडौं । नेपालीको मुख्य आकर्षक रोजगार गन्तव्य कोरियाले यस वर्ष १० हजारभन्दा बढी नेपालीलाई रोजगारीमा लैजाने भएको छ ।

नेपालका लागि १० हजार ५० को संख्यामा कामदार कोटा निर्धारण गरेको कोरियाले आउँदो जेठ २६ र २७ गते भाषा परीक्षा गर्ने भएको हो ।

यस वर्ष कोरियामा उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार परीक्षार्थीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने तयारी भइरहेको छ ।

जेठमा भाषा परीक्षा सञ्चालन गर्न चैत ८ देखि १७ गतेसम्म आवेदन माग गरिने योजना छ । जसका लागि भोलि मंगलबार सार्वजनिक सूचना प्रकाशन हुनेछ ।

कोरियाका लागि अब हुने भाषा परीक्षा १० औं हो ।

परीक्षा आवेदन शुल्क बुझाउनका लागि ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्टलगायत ईसेवामार्पmत २४ अमेरिकी डलर बराबर शुल्क बुझाउन सकिने व्यवस्था गरिएको छ ।

शाखाले कोरिया सरकारले विगत २ वर्षदेखि अन्य १६ राष्ट्रको तुलनामा नेपाली युवालाई नै आफ्नो देशमा रोजगारी दिन थप ईच्छा देखाउँदै पास गर्ने कोटा बढाएको जनाएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह