Logo

बिजनेस होम

आयुष्मान खुराना बने वाईवाई इन्डियाको ब्रान्ड एम्बेसडर


gdpnepal
   १९ भाद्र २०८०, मंगलबार


काठमाडौं । सीजी कर्प ग्लोबल अन्तर्गत भारतमा उत्पादन हुने लोकप्रिय नूडल ब्रान्ड वाइवाईको ब्रान्ड एम्बेसडरमा बलिउडका सुप्रसिद्ध नायक आयुष्मान खुराना नियुक्त भएका छन् ।

सीजी फुड्सका प्रबन्ध निर्देशक बरुण चौधरीका अनुसार भारतीय युवा पुस्ताले रुचाएका लोकप्रिय स्टारसँग वाइवाईले सहकार्य सुरु गरेको हो ।

रणनीतिक रूपमा उदीयमान पुस्तासँग बलियो सम्बन्ध बढाउने सीजीको निर्णयअनुसार युवा तथा वयस्कहरू, किशोरकिशोरीहरू र काम गर्ने पेशेवरहरूलाई समेट्दै खुरानालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।

सन् १९८४ मा जन्मिएका आयुष्मान खुराना लोकप्रिय भारतीय अभिनेता मात्र नभै गायक पनि हुन् । प्रायः सामाजिक मान्यताहरूसँग लड्ने सामान्य पुरुषहरूको चित्रणका लागि परिचित उनी राष्ट्रिय चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कारहरू सहित धेरै पुरस्कार प्राप्त कलाकारसमेत हुन् ।

खुराना सन् २०१३ र २०१९ को फोर्ब्स इन्डियाको सलिब्रेटी १०० सूचीमा समावेश थिए भने टाइमले उनलाई २०२० मा विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एकको रूपमा नाम दिएको छ ।

वाइवाइसँगको सहकार्यबारे टिप्पणी गर्दै आयुष्मान खुरानाले भने, “वाइवाइजस्तो सुपरिचित ब्रान्डसँग आबद्ध हुन पाउनु एकदमै खुशीको कुरा हो । यसले प्रदान गर्ने उत्पादनहरूको जीवन्त र विविध दायरामा म सहभागी भएको छु ।”

आयुष्मान खुरानासँगको सहकार्यबाट बढेको वृद्धि र इनोभेसन अझ अगाडि बढ्ने सीजीले जनाएको छ ।

वाइवाइको हाल भारतमा ७ वटा प्लान्ट र १० वटा उत्पादन लाइनहरू छन् । सन् १९९० को दशकमा निर्यात मार्फत भारतमा वाइवाई पुगेको थियो

प्रकाशित : १९ भाद्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह