Logo

बैंक / बिमा /शेयर

बढ्यो डलरको भाउ, अरुको विनिमय दर कति छ ?


GDP नेपाल
   २० भाद्र २०८०, बुधबार


नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ । हिजो डलर एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो । हिजोको तुलनामा डलरको भाउ बढेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ ।

बुधबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा गेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २० भाद्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह