काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ५.०८ अंकले बढेर दुई हजार ६१३.०८ विन्दुमा पुगेको छ ।
विकास बैंक १०, होटल तथा पर्यटन ५२, जीवन बीमा १३९, निर्जीवन बीमा २२३, उत्पादन ६२, माइक्रोफाइनान्स १ र अन्य उपसमूह ५४ अंकले बढेको छ । त्यस्तै, आज आज बैंकिङ २, फाइनान्स २७, ब्यापार उपसमूह ९३ र हाइड्रोपावर उपसमूह ३४ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज रिभर फल्स पावरको सेयर झण्डै ९ प्रतिशतले घटेको छ ।
यस दिन ३११ कम्पनीको एक करोड १६ लाख कित्ता सेयर ६ अर्ब १९ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया