नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा पुगेको छ भने,युरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा रहेको छ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १६७ रुपैयाँ ३३ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया