काठमाडौं । महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छन् ।
शुक्रबार राजधानीमा आयोजित महासंघको २० औं साधारणसभा तथा नवौं महाधिवेशनबाट अध्यक्षमा ज्ञवाली निर्विरोध निर्वाचित भएकी हुन् ।
यसअघि महासंघमा प्रथम उपाध्यक्ष रहेकी ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य समेत हुन् ।
अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको महासंघले जनाएको छ ।
ज्ञवाली नेपाल रिपब्लिक मिडियाका सञ्चालक समेत हुन् ।
ज्ञवालीको अध्यक्षतामा नवगठित कार्यसमितिमा निरु रायमाझी खत्री (निवर्तमानअध्यक्ष), दर्शना श्रेष्ठ (प्रथम उपाध्यक्ष), सुनिता वैद्य श्रेष्ठ (द्वितिय उपाध्यक्ष, वासन्ती प्रधान (तृतिय उपाध्यक्ष) र महालक्ष्मी श्रेष्ठ (चतुर्थ उपाध्यक्ष) रहेका छन् ।
महासंघको महाससचिवमा कुन्नम पोखरेल, सचिवमा सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी चयन भएको जनाइएको छ ।
कार्यकारिणी सदस्यहरुमा हिमा विष्ट, निता रेग्मी, शोभा श्रेष्ठ, दिकिला शेर्पा लामा, दिपा थपलिया, सरिता तुलाधर, प्रतिभा पाण्डे चयन भएका छन् । यस्तै, शोनी जोशी, कृति श्रेष्ठ, सविता पौडेल, राजकुमारी शर्मा, पार्वति पौडेल, मिना फुलारा र शिला नेपाली कार्यकारिणी समिति सदस्य निर्वाचित भएका छन् ।
महासंघले निशा केसी र मल्लिका श्रेष्ठलाई सदस्यमा मनोनयन गरेको छ भने महासंघको रुकुम पूर्व अध्यक्ष तिर्थ पुनसहित रेवती सिंह, सुनिता पाण्डे
र तुल्सी शाह कार्यकारिणी समिति सदस्य रहेका छन् ।
प्रतिक्रिया