काठमाडौं । संसद्मा विचाराधीन विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ प्रति निजी क्षेत्र सशंकित छ ।
निजी क्षेत्रले आन्तरिक पुँजी परिचालन गरेर स्वदेसी सिपको जगेर्ना, प्रयोग र विकाससँग सम्बन्धित कतिपय क्षेत्रमा नेपालीहरू नै सक्षम रहेको भन्दै सवै क्षेत्रमा वैदेशिक लगानी खुला नगर्न माग गरेको छ ।
निजी क्षेत्रको प्रतिनिधिमूलक संगठन नेपाल चेम्बर अफ कमर्सले राष्ट्रको समग्र विकासका लागि बैदेशिक लगानी अपरिहार्य भए पनि आन्तरिक पुँजी परिचालन गरि स्वदेसी सिपको जगेर्ना, प्रयोग र विकाससँग सम्बन्धित कतिपय क्षेत्रमा नेपालीहरू नै सक्षम रहेकाले सबै क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न आवश्यक नदेखिएको जनाएको हो ।
वैदेशिक लगानी, आन्तरिक पुँजीले सम्भव नहुने उच्च प्रविधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा उपयुक्त हुन्छ भन्दै चेम्बरले स्वदेशी ज्ञान, सिप र प्रविधिको परिचालन गर्न सकिने क्षेत्रहरूमा वैदेशिक लगानी भिœाउँदा त्यसबाट राष्ट्रलाई वेफाइदा नै हुन सक्ने जनाएको छ ।
लघु उद्योग र घरेलु उद्योगअन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरू, पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन, कार्गो सेवा एवं शैक्षिक परामर्श जस्ता अति महत्वपूर्ण व्यवसायमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा हुँदा पुँजी निस्क्रिय हुने सम्भावना तर्फ पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रतिक्रिया