Logo

बैंक / बिमा /शेयर

सांग्रिला बैंक र डेन्टल हस्पिटलबीच सम्झौता


GDP नेपाल
   २६ भाद्र २०८०, मंगलबार


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा आकर्षक छुट पाउने भएका छन्।

छुटसम्बन्धी सम्झौतापत्रमा सोमबार बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलका तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवामा छुट पाउनेछन्।

सम्झौताअनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधि तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ।

यसबाट बैंकका कर्मचारी तथा ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह