हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइस रहेको हुन्डाई एसयसभीलाई आज नाडा अटो शो २०२३ को पहिलो दिन आफ्नो स्टल बी ५ बाट माननीय अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको उक्त एसयुभी झुन्डाई इएक्टर रहने भनी सार्वजनिक गरेको छ ।
झुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि झुन्डाई गाडीको खरिदमा रु। ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु।१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा फेष्टिभ डिलाइट २०८० योजना अन्तर्गत बम्पर प्राइस मा झुन्डाई इक्टर प्राप्त गर्न सक्नुहुनेछ ।
नाडा अटो शो २०२३ मा हुन्डाईको बी ५ स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ्ग उपलब्ध छ ।
प्रतिक्रिया